भारतिय राजनिति: प्रियंका गान्धी कांग्रेस पार्टी महासचिवमा नियुक्त



नयाँदिल्ली (एजेन्सी)
भारतको प्रतिपक्ष दल कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नी दिदी प्रियंका गान्धी वाड्रलाई पार्टीको महासचिवमा नियुक्त गरेका छन् । प्रियंकालाई पुर्वी उत्तर प्रदेशको जिम्मेवारी दिएकोछ । उनी अहिले छोरी मिरायाको शल्यक्रियाका लागि लन्डन गएकी छिन् ।

४७ बर्षिय प्रियंका १९९९ देखि हरेक लोकसभा चुनावमा प्रचार गर्दै आइरहेकी छिन् । उनले भाइ राहुलका लागि अमेठीमा र आमा सोनिया गान्धिका लागि रायबरेलीमा र्याली आयोजना गर्दै आइरहेकी छिन् । तर पार्टीले उनलाई पहिलो पटक कुनै पद दिएको हो । विगत कयौं बर्षदेखि प्रियंकालाई सक्रिय राजनितिमा ल्याउन कांग्रेसका नेताहरुले माग गरिरहेका थिए ।

विगतका दिनमा बसपा प्रमुख मायावती र सपा प्रमुख अखिलेश यादवले लोकसभा चुनाव मिलेर लड्ने घोषणा गरेका थिए । सपा र बसपा उत्तर प्रदेशको ८० मा ३८ ( ३८ सिटमा चुनाव लड्ने सहमति भएको छ । सपा र बसपाको यो गठबन्धनमा कांग्रेसलाई सहभागी गराएको छैन तर अमेठी र रायबरेली सीट भने उसकै लागि छोडेका छन् ।

कांग्रेसलाई गठबन्धनमा सहभागी गराउनुमा भोटको हिसाबले सपा र बसपालाई कुनै फाइदा नभएको अखिलेश र मायावतीको ठहर छ । त्यसपछि कांग्रेसले उत्तर प्रदेशका लागि नयाँ ढंगले रणनिति तय गरेको हो । अब राहुल गान्धीले उत्तर प्रदेशमा फेब्रुअरीमा १३ र्यालीमा प्रचार प्रसार गर्ने छ । ती र्यालीमा उनीसँग प्रियंका पनि देखिने अनुमान गरिएको छ ।

केही सन्चार माध्यमले प्रियंका गान्धीलाई रायबरेली सिटबाट उठाउन सक्ने अनुमान गरेका छन् । हाल उक्त क्षेत्रबाट उनकी आमा, युपीए अध्यक्ष सोनिया गान्धी ४ पटकदेखि सांसद छिन् । अस्वस्थताका कारण उनी सन् २०१७ को उत्तर प्रदेश विधानसभा चुनावमा पार्टीका लागि प्रचारमा आएकी थिइन ।
त्यसैगरी मध्यप्रदेश विधानसभा चुनावमा कांग्रेसको जितमा महत्वपुर्ण भुमिका निभाएका ज्योतिरादित्य सिन्धियालाई पनि कांग्रेस महासचिव बनाइएको छ । उनलाई पश्चिमी उत्तर प्रदेशको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी अशोक गहलोतको स्थानमा केसी वेणुगोपाललाई संगठन महासचिव बनाइएको छ । उनलाई कर्नाटकको जिम्मेवारी सुम्पेको छ । राज्यसभामा विपक्ष नेता गुलाम नबी आजादलाई उत्तर प्रदेशको सट्टा हरियाणाको जिम्मेवारी दिइएको छ ।

आफ्नी दिदीलाई पार्टीको जिम्मेवारी सुम्पेकोमा राहुल गान्धीले खुसी ब्यक्त गरेका छन् । प्रियंका सक्षम र कर्मठ भएको र अब आफुसँग काम गर्न लागेकोमा आफुलाई खुसी लागेको र उनले कांग्रेसको विचारधाराका लािग लड्नु पर्ने बताए ।

प्रियंका गान्धीले चुनाव लड्ने विषयमा सोधिएको एक प्रश्नको जवाफमा त्यसको निर्णय उनी आफैंले गर्ने राहुलले बताए ।

सपा र बसपाको गठबन्धनका कारण प्रियंकालाई उतारेको भनाइमा राहुलले कांग्रेसको मायावती र अखिलेशसँग कुनै सत्रुता नभएको बताए । भाजपालाई हराउन मिलेर जान सक्ने ठाउमा मिलेर काम गर्ने उनले बताए । आफनो लडाई भाजपासँग रहेकोले सहयोगका लागि आफु तयार रहेको उनले बताए ।

प्रियंकाको प्रवेशलाई लिएर भाजपाका प्रवक्ता संबित पात्राले कांग्रेस एक परिवारको पार्टी हो भन्ने प्रमाणित भएको बताए । यसबाट राहुल गान्धी फेल भएको प्रमाणित भएको र कांग्रेसलाई महागठबन्धनबाट पनि अस्विकार गरेको उनले बताए । नेहरुपछि इन्दिरा, राजिब, सोनिया, राहुल र अब प्रियंका गान्धी कांग्रेसमा आएको र त्यहाँ परिवारका सदस्यले मात्रै जिम्मेवारी पाउने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्