नयाँ कानुन



हंगकंग,(एजेन्सी)
अर्ध–स्वायत्त अर्थात चीनको विशेष प्रशासकिय क्षेत्र हंगकंगका केहि सहरका फुटबल फ्यानहरुले आफ्नो टोलीलाई चिनियाँ राष्ट्रिय गानले प्रतिनिधित्व गराइएकोमा असन्तुष्टी व्यक्त गर्ने गरेकाछन् । अब भने चांडै यस्तो व्यवहार गर्न नपाइने भएको छ ।

हंगकंगले छिट्टै ल्याउन लागेको कानून यस्ता गतिविधिलाई दण्डनीय बनाउने भएको छ । चिनिया सांसदहरुले बुधबारदेखि यस नयाँ कानूनबारे छलफल शुरु गरेका छन् । सो नयाँ कानुन अनुसार राष्ट्रिय गानको अपमान गर्नेलाई अधिकतम तीन वर्ष लामो कारावास सजायको व्यवस्था हुनेछ ।

प्रतिक्रिया दिनुहोस्