कांग्रेसले डाक्यो केन्द्रिय समिति बैठक



काठमाडौं (नेस) । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आज विहीवार बस्ने भएको छ । बैठकमा भातृ संगठन नेपाल विद्यार्थी संघको म्याद बढाउने वा तदर्थ समितिमा जाने र महासमितिबाट पारित हुन बांकी विधानलाई अनुमोदन गर्ने मुख्य एजेण्डा रहेको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल गरिने भएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आज बस्ने बैठकले समसामयीक राजनीतिको बारेमा समिक्षा गरी नेपाली कांग्रेस कसरी अघि बढ्ने भन्ने बारेमा पनि निष्कर्ष निकाल्ने छ । सरकार बहुमतको बलमा प्रतिपक्षको आवाजलाई वेवास्था गरी अघि बढीरहेको भन्दै कांग्रेसले सदन र सडक दुवैमा शसक्त विरोध गर्ने जनाउदै आएको छ । यही नीति अनुरुप भातृसंगठनहरुले सडक आन्दोलन शुरु गरेका छन ।

समसामयीक राजनीतिको बारेमा वृहत छलफल हुने

नेविसंघको १२औं महाधिवेशन गर्नको लागि यस अघि पटक पटक थपेको समय सिमा सकिसकेकोले केन्द्रिय समितिले निकास निकाल्नु पर्ने भएको छ । पार्टी भित्रको गुट उपगुट तथा आन्तरिक किचलोले नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अनिश्चित भई विघटनको संघारमा पुगेपछि आजको बैठकले ठोस निर्णय गर्न लागेको हो । कांग्रेसका अर्को शसक्त भातृ संगठन नेपाल तरुण दलपनि चार नेताको भरमा चलिरहेको छ ।

कांग्रेस बैठकमा तत्काल प्रदेश समिति बनाउने बारेमा पनि छलफल हुने भएको छ । यस विषयमा कांग्रेसका शीर्ष नेताहरुले अनौपचारिक छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्