क्रान्तिकारीका नेता कुट्ने काभ्रेका संग्राम लामा पक्राउ



काठमाडाैं । तत्कालीन नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका सचिव नारायण खनाललाई कुटपिट गरेको आरोपमा प्रहरीले काभ्रेका संग्राम लामालाई पक्राउ गरेको छ । बुधबार महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले लामालाई पक्राउ गरेको हो ।

सचिव खनाललाई अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयबाट फर्किदै गर्दा सोमबार बेलुका लामाले कुटपिट गरेका थिए । पक्राउ परेका लामामाथि थप आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्