राष्ट्रपति नान्गावाको युरोप भ्रमण रद्ध



हरारे, )एजेन्स्ी)
जिम्बाबेका राष्ट्रपति इममर्सन नान्गावाले राष्ट्रमा हिंसात्मक विरोध प्रदर्शन चर्किंदै गएका कारण पूर्वनिर्धारित युरोप भ्रमण कार्यक्रम रद्ध गरेको मंगलबार सरकारी समाचार निकायले जनाएको छ। नान्गावाको डेभोस आर्थिक शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको थियो। उनले त्यहाँ अन्य मुलुकहरूलाई जिम्बाबेमा लगानी गर्न अनुरोध गर्ने अनुमान गरिएको थियो।

केही साताअघि इन्धनको मूल्य झन्डै दोब्बरभन्दा बढी बनाइएपछि त्यहाँ हिंसात्मक आन्दोलन शुरू भएको हो। जिम्बाबेका मन्त्रीहरूले विपक्षी राजनीतक पार्टी मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज ९एमडीसी० ले इन्धनको मूल्यवृद्धिलाई हिंसात्मक प्रदर्शनको बहाना बनाएको आरोप लगाएका छन्।

तर, एमडीसीले भने सरकारले निर्ममतापूर्वक शान्तिपूर्ण विरोध प्रदर्शनको दमन गरिरहेको जनाएको छ। देशमा बढ्दो इन्धन अभावको समस्या सामाधानका लागि यसै महिनाको शुरूमा सरकारले त्यसको मूल्यवृद्धि गरेको थियो।ग्लोबल पेट्रोल प्राइस डट कमका अनुसार विश्वमै जिम्बबेमा पेट्रोलको मूल्य सबैभन्दा महँगो रहेको छ। वर्षौंदेखि आर्थिक मार खप्दै आएको अधिकांश जिम्बाबेका जनताले इन्धनको चर्को मूल्यका कारण बस चढेर काममा जानसमेत नसक्ने अवस्था आएको गुनासो गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्