मण्डन देउपुर नगरपालिकाको नाम फेर्ने प्रस्ताव



काभ्रे, (नेस)
मण्डनदेउपुर नगरपालिकाको हिउँदे सभाले सोमबार नगरपालिकाको नाम फेर्ने प्रस्ताव प्रदेशसभा मन्त्रिपरिषद्मा पठाउने विशेष प्रस्ताव पास गरेको छ।
नगर प्रमुख टोकबहादुर वाईवाले सभा समापनका क्रममा राखेको प्रस्तावलाई प्रदेशसभामा पठाइने सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत मोहन अधिकारीले जानकारी दिए। सभामा नगर प्रमुख टोकबहादुर वाईवाले साविकको मण्डन देउपुर नगरपालिकाको नामलाई नगरकोट मण्डन र नगरकोट मण्डनदेउपुर नगरपालिका राख्ने प्रस्ताव गरेका थिए।
सभामा विशेष प्रस्तावका रूपमा माथिल्लो तामाकोशी बनेपछि प्रशारण लाइन नगरका अधिकांश भागमा पर्ने भएकाले उक्त प्रशारण लाइनका रुट परिवर्तन गर्न माग गर्ने निर्णय गरिएको छ। त्यस्तै मेलम्ची खानेपानी आयोजनाबाट प्राप्त हुने यसअघिको २५ प्रतिशतको व्यवस्थालाई ५० प्रतिशत बनाउन र नगरपालिकाबाहेक मण्डन उपत्यका सामाजिक उत्थान कार्यक्रममा प्राप्त हुने बजेटलाई नगरपालिकामार्फत समावेश गराउन माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्