मरेरै सकिए रानीपोखरीका माछा 



/fgLkf]v/L k’gMlgdf{0f sf7df8f}Fsf] s]Gb|df /x]sf] e”sDkn] Ifltu|:t /fgLkf]v/L k’gMlgdf{0f ul/Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
ईश्वरराज ढकाल, काठमाडौं
रानीपोखरीका सबै माछा मरेरै सकिएका छन्। त्यहाँ पाइने जुँगेमाछाको इतिहास पनि सधैंका लागि मेटिएको छ।
रानीपोखरी पुनर्निर्माणका क्रममा कमलपोखरीमा सारिएका ती माछा करिब २ वर्षपछि मरेर सकिएका हुन्। यी माछा मरेसँगै रानीपोखरीका माछाको पुरानो इतिहास नै मेटिएको छ।
विज्ञका अनुसार हिलोमा बस्न रुचाउने जुँगेमाछाको आहारा साना माछा थिए। ती माछा मरेपछि आहारा नपाएर जुँगेमाछा पनि मरेको हो।

रानीपोखरीलाई सुन्दर बनाउने क्रममा त्यहाँका करिब १० हजार माछा कमलपोखरीमा सारिएको थियो। करिब एक वर्षअघिदेखि माछा मर्न थालेपछि पानी थपेर बचाइएको थियो।
तर, यो वर्ष पनि लगातार मर्न थालेपछि काठमाडौं महानगरपालिका–१ को कमलपोखरी स्पोर्टस् क्लबले सबै माछा हटाएको हो। ‘आज बुधबारसम्म सबै माछा हटाएर पोखरी खाली गर्नेछांै।’ –क्लबका अध्यक्ष भीम मैनालीले नेपाल समाचारपत्रसँग भन्नुभयो। क्लबले सर्लाहीबाट जाल हालेर माछा समात्ने टोलीको सहयोगमा सबै माछा समात्न थालेको छ।

कामपा वातावरण विभागले मरेका करिब ७ हजार माछा व्यवस्थापन गरिसकेको र बाँकी व्यवस्थापन गर्ने अध्यक्ष मैनालीले जानकारी दिनुभयो। उहाँका अनुसार मरेको माछा व्यवस्थापन गर्न र माछा पक्रनेलाई खाना र खाजाको व्यवस्था गर्न करिब १ लाख ७५ हजार रुपियाँ खर्च भइसकेको छ।

‘जुँगे’को पनि इतिहासै मेटियो
कामपा भन्छ– ‘मरेपछि के कुरा गर्नु।’
कामपा वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले पनि रानीपोखरीबाट ल्याइएका माछा मरेपछि सबै माछा निकाल्न लागेको जानकारी दिनुभयो।
कामपाले केही माछा बालाजुमा छाडिएको दाबी गरे पनि ती माछासमेत मरिसकेको बताइन्छ। १ सय ८० मिटर लम्बाइ र १ सय ४० मिटर चौडाइ रहेको रानीपोखरीको ६२ रोपनी १३ आना क्षेत्रफल ओगटेको पानीमा बस्दै आएका माछा २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीमा राखिएपछि अक्सिजनको अभावका कारण मरेको हुन सक्ने कामपाकै तर्क छ।
तर, वर्षौंदेखि इतिहास बोकेको माछाको अस्तित्व सकिएका बारे उसलाई कुनै जिम्मेवारी छैन। कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले भन्नुभयो– ‘मरेपछि के गर्नु, मरेका करिब ७ हजार माछा त पु¥यौं बाँकी रहेको माछालाई बचाउन सकिएन।’

हिलोमा बस्ने माछा उचित वातावरण नभएर मरेको बताउँदै पुरातŒव विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले भन्नुभयो– ‘इतिहासलाई जोगाउन ती माछा बचाउनै पथ्र्यो।’
रानीपोखरीको माछा कसले कुन समयमा राखेको हो भन्ने इतिहासबारे तथ्य भेट्न सकिएको छैन। तथापि रानीपोखरीमा रहेका माछा करिब ५० वर्षअघिदेखिको हो। तिब्बतीले आफ्नो जन्मदिन र मृतक आफन्तको सम्झनामा भुरा माछा छाड्ने गरेका थिए। ती माछालाई कामपाले दानाको व्यवस्थापन गर्ने गरेको थियो भने बाहिरका माछाप्रेमीले पनि दाना हाल्ने गरेका थिए।
तर, क्लबले पोखरी सफा गरेपछि नयाँ माछा राख्ने योजना रहेको बताएको छ। कामपाले पनि कमलपोखरीलाई व्यवस्थित र हरियालीयुक्त बनाएर नयाँ पोखरीमा विभिन्न जातका माछा राख्ने योजना रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्