बैतडीका सबै नगरपालिकामा एम्बुलेन्स सेवा



विनोद सिंह विष्ट, बैतडी
बैतडीका सबै नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ ।
१० स्थानीय तहमध्ये ४ नगरपालिका रहेको जिल्लाका ती सबै नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको हो ।

जिल्लाको पुर्चाैडी, पाटन, मेलौली, र दशरथचन्द नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको सम्बन्धित स्थानीय तहहरुले जनाएका छन् । नगरपालिकाहरुमा एम्बुलेन्स सेवा सञ्चालनमा आए सँगै स्वास्थ्य क्षेत्रको सेवा प्रवाहमा सहज भएको छ ।

कुनै जटिल रोग लागेका तथा कुनै दुर्घटना हुदा छिटो अस्पताल पु¥याउनको लागि सहज भएको मेलौली नगरपालिकाले जनाएको छ । ग्रामिण भेगमा सडक सञ्जाल पुगेकोले यहाका नागरिकहरुको लागि सहज होस भनि नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको मेलौली नगरपालिकाका नगर प्रमुख कृष्ण सिँह नायकले बताए ।

निजि सवारी साधनमा बिरामी तथा घाइतेलाई चर्काे मुल्य तिरेर अस्पताल पु¥याउनु पर्ने स्थानियको बाध्यताको अन्त्य भएको छ । कुनै जटिल रोग लागेमा जिल्ला तथा जिल्ला अस्पताल तथा जिल्ला बाहिर लैजान परेमा चर्काे भाडा तिरेर अस्पताल पु¥याउनु पर्ने बाध्यता हटेको मेलौली नगरपालिकाका स्थनिय लक्ष्मण पार्कीले बताए ।

एम्बुलेन्स सेवा सुरु भएपछि कुनै दुर्घटना हुदा र सिकिस्त बिरामी भएको बेला बिरामीलाइ छिटो अस्पताल लैजान सहज भएको पुर्चौडी नगरपालिकाका स्थानिय अनिरुद्र जोशीको भनाई छ । एम्बुलेन्स सुविधा भएपछि नागरिकले बिरामीलाई बोकेर स्वास्थ्यसंस्था तथा अस्पताल लैजानुपर्ने बाध्यता हटेको पुर्चाैडी नगरपालिकाका स्वास्थ्य प्रमुख बिनोद कुवँरले बताए । पुर्चाेडी नगरपालिकाले गत महिना देखिमात्रै एम्बुलेन्स सेवा सुरु गरेको हो ।

यस्तै दशरथ चन्द नगरपालिकाले एक वर्ष पहिले देखि एम्बुलेन्स सेवा सुचारु गरेको छ । एम्बुलेन्स सेवा सुरु भएदेखि यहाका नागरीकहरुले राहात महसुस गरेको दशरथ चन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले बताईन् ।

पाटन नगरपालिकाले पनि प्राथमिक स्वास्थ्यकेन्द्र पाटनको एम्बुलेन्स नगरपालिका मार्फत नै सञ्चालन हुने नगरप्रमुख केसव बहादुर चन्दले बताए । बिगत ३ वर्ष देखि प्राथमिक स्वास्थ्य केन्द्रले सर्बसुलभ मुल्यमा सेवा बिस्तार गरीरहेको थियो । एम्बुलेन्स पुरानो भएकाले बेला बेला बिग्रन थालेपछि र्ममत नहुदा नियमित सञ्चालनमा आएको थिएन । एम्बुलेन्स नियमित सञ्चालनको लागि प्राथमिक स्वास्थ्य केन्द्रबाट नगरपालिकामा निवेदन गएपछि नगर प्रमुख केसव बहादुर चन्दले अब नगरपालिका मार्फत सञ्चालनमा आउने जनाएको छ ।

यसरी स्थानीय तहले एम्बुलेन्स सेवा दिदा कुनै जटिल बिरामी हुँदा तथा दुर्घटना हुँदा उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता हट्ने भएको छ ।
४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडीका अन्य स्थानीय तहहरुले पनि एम्बुलेन्स खरिदका लागी पहल थाल्ने जनाएका छन् ।

सुर्नया गाउँपालिकाले एम्बुलेन्स खरिदका लागी प्रक्रिया थालिएको गाउँपालिका अध्यक्ष वीर बहादुर विष्टले जानकारी दिनुभयो । अन्य गाउँपालिकाले पनि प्रदेश सरकारलाई एम्बुलेन्सको लागी आग्रह गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्