सिटीको सहज जित



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित जित निकालेको छ ।

आइतबार राति भएको खेलमा सिटीले हडर्सफिल्ड टाउनलाई ३–० गोल अन्तरले हराएको हो । हडर्सफिल्डलाई उसैको मैदानमा हराउन टोलीका लागि डानिलो, रहीम स्ट्रलिङ र लोरी सानेले एक–एक गोल गरेका थिए ।

सिटीले खेलको १८ औ मिनेटमा डानिलोको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफसम्म एक गोलले अघि रहेको सिटीले खेलको ५४ औ मिनेटमा स्ट्रलिङको गोलमापÞर्mत् अग्रता दोब्बर पा¥यो । त्यसपछि खेलको ५६ औ मिनेटमा सानेले गोल गर्दै सिटीको गोलसंख्या तीन पु¥याए ।

जितसँगै सिटीले २३ खेलबाट ५६ अंक जोडेको छ । तर, सिटी शीर्षस्थानको लिभरपुलभन्दा ४ अंकले पछि छ । यता हारपछि हडर्सफिल्ड ११ अंक जोडेर लिगको पुछारमा रहेको छ ।

बार्सिलोना विजयी
बार्सिलोना स्पेनिस ला लिगामा लगातार सातौं खेलमा विजयी भएको छ । ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले लेगानेसविरुद्ध ३–१ गोलअन्तरको जित आत्मसात गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन ओस्माने डेम्बेले, लुइस सुआरेज र लियोनल मेसीले एक–एक गोल गरेका थिए ।

खेलको ३२औं मिनेटमा डेम्बेलेले गोल गर्दै पहिलो हाफसम्म बार्सिलोनालाई १–० ले अघि राखेका थिए । तर ५७औँ मिनेटमा ब्रेइथवेइटले गोल गरेपछि लेगानेसले खेलमा पकड बनाउने छांटकाँट देखाएको थियो । यता खेलको ७१औं मिनेटमा सुआरेजले गोल गरेपछि बार्सीलोनाको अग्रता दोब्बर बन्यो । यस्तै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मेसीले इन्जुरी टाइममा गोल थपेपछि बार्सिलोनाले ३–१ ले खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

जितपछि २० खेलबाट ४६ अंक जोडेको बार्सिलोना दोस्रो स्थानको एट्लेटिको मेड्रिडभन्दा ५ अंकले अघि रहेको छ । समान खेलबाट एट्लेटिकोको ४१ अंक छ ।

प्रतिक्रिया दिनुहोस्