तामाकोशीको शेयर मूल्य वृद्धिमा ब्रेक लाग्यो



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएदेखि नै तीव्र गतिमा माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर मँल्य भएको वृद्धिमा आइतबार ब्रेक लागेको छ ।

अस्वभाविक रुपमा एक सातासम्म वृद्धि हुँदै गएको तामाकोशीमा ठँला लगानीकर्ताले चलखेल गर्दा अस्वभाविक स्थिति देखिएको पुँजी बजार विश्लेषकहरुको भनाइ छ । हरेक दिन सर्किट ब्रेक लाग्ने गरी वृद्धि हुने गरेको थियो । आइतबार पनि कारोबार खुलेको केही समयपछि नै वृद्धि सर्किट ब्रेक लागेको थियो । त्यसपछि घट्न थालेको तामाकोशीको शेयरमँल्य गिरावटमा पनि सर्किट ब्रेक लागेकको थियो । कारोबार बन्द हुँदासम्म केही सुधार भइ अन्ततः ६ दशमलव १० प्रतिशले गिरावट आएको छ । ३४२ रुपियाँसम्म वृद्धि भएको कम्पनीको शेयर मँल्य आइतबार घटेर २९२ रुपियाँ कायम भएको छ ।

त्यस्तै साताको पहिलो दिन आइतबार समग्र नेप्से परिसँचक ८ दशमलव ६० अंकले घटेर १ हजार १ सय ७९ दशमलव १७ को बिन्दँमा कारोबार बन्द भएको छ ।

कुल १ सय ४३ कम्पनीको ११ लाख ५३ हजार ७३ कित्ता शेयर खरिद बिक्री हुँदा ३६ करोड ४५ लाख ३८ हजार ७३६ रुपियाँको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार माथिल्लो तामाकोशी हाइड्रोपावरकोे भएको छ । यसको कम्पनीको २३ करोड ४३ लाख ४ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै सर्वाधिक कमाउनेमा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयरमा ६ दशमलव शँन्य ९ प्रतिशतले वृद्धि भएको छ ।

धेरै गुमाउनेमा सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टका लगानीकर्ता रहेका छन् । यसको शेयर मँल्यमा ६ दशमलव ३३ प्रतिशतले घटेको छ ।
११ वटा समँहमध्ये ३ वटा समँह बढेको छ भने बाँकी सबै समँह घटेका छन् ।

आइतबार ‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ परिसँचक १ दशमलव ६३ अंकले घटेर २ सय ४९ दशमलव ३८ को बिन्दुमा पुगेर बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्