मृत छोरा सुरक्षा क्यामेरामा देखिए



एटलान्टा,(एजेन्सी)
दुई वर्ष अघि त्रुटिवश लागु औषधिको ओभरडोजको कारण मृत्यु भएका आफ्ना छोराले आफु खशी रहेको बताउन घरको सुरक्षा क्यामेरामा देखापरेको एक महिलाले विश्वास गरेकी छिन् । अमेरिकाको जर्जिया राज्यको एटलान्टा निवासी जेनिफर होज आफ्नी एकाइस वर्षिया छोरी लरेनसंग टेलिभिजन हेरिरहेकी थिइन् ।

अचानक उनको नेस्ट क्यामरा सक्रिय भयो । गत साता क्यामरा हलचल र आवाज आउन थालेपछि प्रवेशद्वारमा एकजना व्यक्ति देखिए । त्यतिवेला घरमा आमाछोरी मात्र थिए । क्यामेरामा कैद भएको तस्वीर हेर्दा दुवै छक्क परे ।
तल देखि माथि सम्म र दाह«ी समेत त्यो तस्वीर दुरुस्तै होजका मृत छोरा रोब्बीकै थियो । केवल २३ वर्षको उमेरमा रोब्बीको सन् २०१६ मा मृत्यु नक्कली हेरोइन सानाक्सको ओभरडोजबाट भएको थियो । होज त्यो घटना फेसबुक मार्फत यसरी बताउँछिन् , ‘ म मेरी छोरीसंग पलंगमा पल्टेर टिभी हेरिरहेकी थिएँ ।

म मस्त निँद«ामा पुगेकी मात्र थिएा। हामी दुईबिच रहेको फोनले किचेनमा कोहि रहेको सन्देश दियो । मेरी छोरीले चिच्याउँदै भनिन् , ‘ ममि किचेनमा एउटा मान्छे छ । ममि … यो त रोब्बी । म छक्क ैपरेँ । साँच्चै त्या मान्छेको दाह«ी समेत रोब्बीकै जस्तो थियो । हामी दुवै दौडेर किचेनमा पुग्यौं । तर त्यहाँ कोहि नभएको र ढोका पनि बन्दै रहेको पाएपछि हामी झनै भयभित भयौं । मलाई लाग्यो, उनले आफु स्वर्गमा आरामै र खुशी छुँ भन्न आएको हुनुपर्छ ।


होजे अगाडि बताउाछिन् , ‘ यसले मलाई केहि राहतै दिएपनि मलाई निकै अनौठो लागि रहयो । म माथि किन यस्तो घटना घट्यो ? त्यसबेला देखि मैले अर केहि देखिन । विगतमा पनि मैले कहिल्यै भुत देखेको थिइन । ’ रोब्बीको मृत्युपछि उनले रोब्बीकै नाममा दुव्र्यसनबिाट मुक्ति खोजिरहेकाहरुको सहयोगका लागि एउटा अक्ष्य कोष खडा गरेकीछिन् ।

प्रतिक्रिया दिनुहोस्