दाङमा बस दुर्घटना हुँदा २५ जना घाइते, २ को अवस्था गम्भीर



दाङ ।
दाङको तुलसीपुर १२ दमारगाउँमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

शनिबार दिउँसो तुलसीपुरबाट दमारगाउँ तर्फ जाँदै गरेको रा१ख ४९४ नम्बरको बस दुर्घटना भएको हो ।

बसमा सवार २५ जना घाइते मध्य २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते तुलसीपुर ६ का आशा विक र तुलसीपुर ११ कि गिता मल्ललाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरीएको छ ।

अन्य घाइतेहरुको भने अञ्चल अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्