वलत्कारी धर्मगरुलाई हत्याको आरोपमा आजन्म कैद



नयाँदिल्ली,(एजेन्सी)
भारतको एकजना धार्मिक गुरुलाई एकजना पत्रकारको हत्या गरेको अभियोगमा विहिवार आजीवन कारवास संजाय सुनाइएको छ। आफ्नो सम्प्रदायमा आफुले महिलाहरू माथि गर्ने गरेको यौन उत्पीडन कार्यलाई भन्डाफोर गरेको झोँकमा ५१ वर्षिय गुरुमित राम रहिम सिंहले अखवारका समपादक राम चन्दर छत्रपतिको हतया गराएका थिए।

उत्तर पश्चिमी शहर सिर्सा स्थित रहिमकोे सम्प्रदाय डेरा सचा सौदाको मुख्यालयका घटनाहरू सार्वजनिक गरेवापत छत्रपति मारिएका थिए। यसअघि नै उनलाई आफ्ना दुइजना महिला अनुयायीको वलात्कार गरेको अभियोगमा बिस वर्ष लामो कारावास संजाय भएके थियो।

यस पत्रकार हत्याकाण्डको सिलसिलामा अन्य तिनजनालाई पनि कारावास सुनाइएको छ। आफु थुनिएको कागारबाट भिडियो लिन्क मार्फत स्वघोषित रहिम हरियाण राज्यको पन्चकुला स्थित अदालतमा उपस्थित भएका थिए।
उनकका निकतटम सहयोगी कुलदिप सिंह , निर्मल सिह र कृष्णान लाललाई पनि जनही आजन्म कारावास संजाय तोकिएको छ।

गत साता अदालतमा अभियुक्त ठहर गर्ने क्रममा तिनीहरूलाई जनही ५० हजार भारु जरिवाना पनि तोकिएको छ। आफुलाई आध्यात्मिक गुरुको भेषमा लुकाएका रहिमको विश्वभरि अनुयायी फैलिएको थियो।

तर सन् २००२ मा छत्रपतिले आफ्नो हिन्दी भाषको अखवार पूरा सचमा उनकोबारे सत्यतथ्य भन्डाफोर गरेका थिए। तर २००२ को २४ डिसेम्वरमा सो लेख छापिएको पाँच दिनपछि छत्रपतिको आफ्नै घर सामु गोली हानी हत्या भएको थियो।

त उनी मरेको करिव एक महिना भित्रै उनको लेखकै आधारमा सरकारले रहिम विरुद्धआधिकारिक अनुसन्धान थालेको थियो। आफ्नो पिताको मृतयुपछि अखवारको जिम्मेवारी सम्हल्दै आएका उकाइ वर्षिय आन्सुलले आफ्नो पिताको त्याग र वलिदान खेर जान नदिने बताएका छन्। आन्सुलले रहिम विरुद्ध हत्या र वलात्कारका मुद्धा चलाउन निरन्तर दवाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस्