दोस्रो विश्वयुद्धका महिला सैन्य विमान चालकको निधन



डेन्भर (एजेन्सी)
दोस्रो विश्व युद्धमा सैनिक विमान उडाउने महिलाहरूको पहिलो समुहका एक सदस्यको निधन भएको छ। कोलोराडो स्प्रिंग्सका मिलिसेन्ट यंग महिला वायु सेना चालकदलका सदस्य थिइन्। उनका छोरा बिल यंगले गत हप्ता शनिबार लामो समयदेखि फोक्सो सम्बन्धी रोगका कारण ९६ बर्षको उमेरमा उनको मृत्यु भएको जानकारी दिएका थिए।

विमन्स एयरफोर्स सर्विस पाइलट्सले विदेशमा पूरुष पाइलटलाई छुटाउनका लागि बमबारी गर्ने र अन्य युद्धक विमान उडाएका थिए। यो सेवा उनीहरूले निजामति कर्मचारीका रूपमा गरेका थिए तर सन् १९७७ मा उनले सेवा निबृत्त सैनिकको दर्जा दिइएको थियो।

यो कामका लागि करिब १ हजार महिलालाई चयन गरिएको बिल यंगले बताए। यसमा अहिले पनि ३० जना जीवितै रहेको अनुमान गरिएको छ। बिल यंगले उक्त परियोजनाका बारेमा एक पुस्तक पनि लेखेका छन्। उनले भने , यसले महिलाका लागि कयौं ढोका खोलेको थियो।

मिलिसेन्ट यंगका परिवारका अनुसार ६ बर्षको उमेर देखि नै उनी विमान उडाउने सपना देख्थिन्। त्यतिबेला उनीहरूको खेतमा एक पाइलटले विमान अवतरण गरेका थिए र उनलाई भनेका थिए ‘ए फुच्ची, विमानलाई नछुनु है। ‘ छिमेकीसँग भाडामा लिएको जमिनमा गहुँको खेती गरी कमाएको पैसलो उनले नेब्रास्काको आगालालामा तात्कालिन तालिम केन्द्रमा विमान उडाउन सिकेका थिए।

सन् २०१० मा द स्पोक्सम्यान रिभ्युलाई आफुले १० बर्षको उमेरमा ट्र्क र गाडी चलाएको उनले बताएकी थिइन्। विमन्स एयरफोर्स सर्भिस पाइलट्स ग्रुपका लागि अयोग्य हुन्छ भन्ने कुरामा आफुलाई कुनै संका नरहेको उनले बताएकी थिइन्। टेक्ससका स्विटवाटरमा फिमेल ओनली एयरबेसमा उनले एक बर्ष विताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्