भिड्नेकै जमाना



एक आपसमा भिड्नेको भिड अहिले नेपालमा कमी छैन। चाहे त्यो राजनीतिमा होस् वा अन्य क्षेत्रमा जताततै भिड्नेकै संख्या बढी देखिन्छ। एकले अर्कालाई सहयोग गर्ने भावना कसैैसंग पनि छैन।

जो पनि भिड्ने मात्रै कुरा गर्छन। राजनीतिमा पनि भिड्नेकै भिडछ। एकले अर्काको अस्त्वि स्वीकार गर्न कोही तयार छैन। यो नेपालको पुरानो रोग हो। हिजो धरहराबाट एउटा रोचक दृष्य देखियो। नेपालगन्जका टाइगरको रूपमा चिनिएका धवल समसेर राणा र बुद्धिमान तामाङबीचको रोचक संवादले मुलुकका दलबीच कति दरारको अवस्था रहेछ भन्ने प्रष्ट पारेको छ।

नेपालगन्जे टाइगर बुद्धिमान तामाङलाई नक्सालको एटिकबारमा बोलाएर पार्टी एकताको हिङ हालिरहेको दृष्य साच्चिकै हेर्न लायकको थियो। धवल समसेर बुद्धिमान तामाङलाई भन्दै थिए दाइहरू अहिले तुरुन्तै आउनुपर्यो। पार्टीमा कमल थापाहरूलाई म तह लगाउँछु।

भोलि दायाँबायाँ गरे भने हामी फेरि दलबलसहित अर्को पार्टीमा जाउला किन चिन्ता मानेको भन्दै बुद्धिमानलाई फकाएको दृष्यपछि यो मुलुकमा भिड्नेहरूकै दिन रहेछ भन्ने निश्कर्षमा धरहरा पुगेको छ। लामो छलफलमा रहेका दुई नेता एक आपसमा भिड्ने विषयले निष्कर्ष ननिकाले पनि बुद्धिमानहरू आफ्नो पार्टीसंग भिड्न नसकेपछि अर्को पार्टीमा भिड्न जान लागेको दृष्यचाहिँ साच्चिकै गज्जव नै थियो है पाठकवृन्द !

प्रतिक्रिया दिनुहोस्