ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनलाई स्वागत गर्ने भियतनामी प्रधानमन्त्रीेको इच्छा



होनाई, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने गइरेहको दोस्रो शिखर सम्मेलनको आतिथ्य भियतनाम गर्ने प्रधानमन्त्रीे गुऐन जुआन फुकले इच्छा व्यक्त गर्नु भएको छ ।

उत्तर कोरियाका एकजना वरिष्ठ सैन्य अधिकारी किम जोङ चोल शुक्रबार संयुक्त राज्य अमेरिकाको वासिङटनतर्फ जानु भएको र उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नु हुने अनुमान गरिएको छ ।

सो भेटवार्तापछि ट्रम्प र किमबीच दोस्रो चरणको भेटवार्ताको विस्तृत विबरण सार्वजनिक हुने पनि आशा गरिएको छ । दोस्रो शिखर सम्मेलनको समय तालिका र सम्भावित स्थानको विषयमा पनि छलफल हुने अनुमान रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा सिङ्गापुरमा भएको शिखर वार्तापछि यो दोस्रो वार्ता हुन गइरहेको हो । पहिलो वार्तापछि उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच जारी रहेको चिसोपनमा गत वर्षबाट सुधार आएको थियो ।

सो पहिलो शिखर वार्तामा छिट्टै नै अर्काे शिखर वार्ता हुने भनिएको भएपनि अहिले सम्म आयोजना हुन सकिरहेको छैन । तर अमेरिकी सञ्चारमाध्यमहरुले जर्नेल चोलको यो भ्रमणपछि दुई देशबीचको आगामी शिखर वार्ताको मिति तय हुने अनुमान गरेका छन् ।
रासस /एएफपी

प्रतिक्रिया दिनुहोस्