पिताविरुद्ध रिहानाको मुद्दा



आफ्नो गीतबाट दुनियाभरका दर्शकको मन जित्दै आएकी हलिउड गायिका रिहानासँग जोडिएको एक खबर बाहिर आएको छ।

एजेन्सीका अनुसार उनले आफ्नै पिताविरुद्ध अदालतमा मुद्दा दायर गरेकी छिन्। रिहानाका अनुसार उनको पिताले आफ्नो नामको गलत प्रयोग गरेर फाइदा लिएका कारण यो कदम उठाउनुपरेको हो। जहाँ उनले आफ्नो पिताविरुद्ध मात्र होइन, पिताका बिजनेस पार्टनरविरुद्ध पनि केस दायर गरेकी छिन्।

रिहानाका अनुसार उनको बुबाले सञ्चालन गरेको फेन्टी इन्टरटेन्मेटका बारेमा आफूलाई जोडी गलत जानकारी दिएर फाइदा लिएका हुन्। रिहानाले उजुरीमा फेन्टी कम्पनीमा सन् २०१२ देखि आफ्नो ट्रेडमार्क रहेको र त्यही बेलादेखि कस्मेटिक तथा अन्य उत्पादनका लागि यसको प्रयोग भइरहे पनि सन् २०१७ मा शुरू भएको फेन्टी इन्टरटेन्मेन्टमा भने आफूलाई जानकारी नै नगराई आफ्नो नाम प्रयोग गरिरहेको उल्लेख गरेकी छिन्।

उनले पितालाई रोक्नका लागि धेरै कोशिस गरे पनि लगातार आफ्नो नाम प्रयोग गरी पैसा कमाइरहेका कारण यो केस दर्ता गराएको समेत बताएकी छिन्। पहिलेदेखि नै पितासँग सम्बन्ध खराब रहेको रिहानाले एकपटक आफ्नो पितालाई झुटको गुच्छासमेत भनेकी थिइन्। उनले पछिल्लो एक अन्तरवार्तामा भने आफू र पिताबीचको मामला शान्त भइसकेको बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्