राष्ट्रपति आउने र सरकारको विरोध एकै दिन



हेटौंडा, (नेस) ।
मकवानपुरगढी दरबारमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने निश्चित भएकै दिन नेपाली कांग्रेसको सुभेच्छुक संगठन नेपाल तरुण दलले हेटौंडामा सरकारको विरोधमा कार्यक्रम राखेको छ ।

गाउँपालिकाको आयोजनामा माघ १० गते हुने मकवानपुरगढी विजयोत्सवको कार्यक्रममा राष्ट्रपति हेटौंडा आउने पक्का भएको हो । १० गतेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको गाउँपालिका अध्यक्ष विदुर हुमागार्इंले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हुमागार्इंले राष्ट्रपति कार्यक्रमको प्रमुख अतिथि हुने बताउनुभयो । ‘यस सम्बन्धि सम्पूर्ण तयारी पूरा भइसकेको छ, कार्यक्रम भव्यतापूर्वक सम्पन्न गर्न हार्दिक अपिल गर्दछु,’ अध्यक्ष हुमागाईले भन्नुभयो ।

नेपाल तरुण दलले सरकारको ‘अधिनायकवादी चरित्र’ विरुद्ध देशव्यापी गर्न लागेको प्रदेशस्तरीय विरोध प्रदर्शन कार्यक्रमको तयारी प्रदेश नम्बर–३ को हेटौंडामा तीव्र पारिएको जनाएको छ ।

प्रदेशस्तरीय विरोध प्रदर्शन कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न हेटौंडा उपमहानगरका १९ वडाकै सभापति तथा पदाधिकारी, भ्रातृ एवम् सुभेच्छुक संस्थाका नगर तथा जिल्लाका सभापति एवम् पदाधिकारीसँग अन्तत्र्रिmया गरिएको छ ।

अन्तत्र्रिmयामा कांग्रेस नगर सभापति आनन्द पराजुली, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, नगर अध्यक्ष सुनिल गिरीलगायत १९ वटै वडाका पार्टी सभापतिले विरोध कार्यक्रम सफल बनाउन गर्नुपर्ने गृहकार्यबारे आआफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रममा तरुण जिल्ला अध्यक्ष पाठकले सशक्त आन्दोलनका लागि ५० प्रतिशत भन्दा बढी तयारी पूरा भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्