केसीको विपक्षमा अनशन बसेका थापालाई पनि काठमाडौं ल्याउने तयारी



oppo_2

काठमाडौं । चिकित्सा विधेयकमा कुनै संशोधन नगरी हुबहु अनुमोदन गर्नुपर्नेलगायत मागसहित इलाममै आठ दिनअघि आमरण अनशन सुरु गरेकाविद्यार्थी विजय थापालाई काठमाडौं लगिँदैछ । स्वास्थ्य स्थिति नाजुक बन्दै गएकाले उनलाई पनि काठमाडौ‌ं लग्न लागिएको  हो ।

गएराति प्राडा केसीसँगै अर्को एम्बुलेन्समा राखेर थापालाई पनि काठमाडौँ लैजान झापा ल्याइएको थियो । चन्द्रगढी विमानस्थल ल्याइपुर्‍याएपछि डा‍. केसीको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएकाले तत्कालै उहाँलाई सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिएको थियो ।

प्राडा केसीको स्वास्थ्य अवस्थाका कारण थापालाई पनि एउटै हेलिकोप्टरमार्फत काठमाडौँ ल्याउने तयारी सम्भव नहुँदा थापालाई बिहान भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा चिकित्सकको रेखदेखमा राखी अहिले काठमाडौं ल्याउने तयारीमा रहेको राससले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्