फोन गरिहेकी इजरायली युवतीको हत्या



मेलवर्न,(एजेन्सी)
अष्ट्रेलियाको मेलवर्नमा फोनमा आफनी दिदीसंग कुरा गरिरहेकी २१ वर्षिया इजरायली छात्राको गोली हानी हत्या भएको प्रहरीले विहिवार जनाएको छ ।शहरको उत्तरी भागको ला ट्रोव युनिभर्सिटी नजिक आइया मासार्वी नामक ति युवतीको शव फेला परेको छ ।

एउटा कमेडी सो हेरेर बुधवार राति अवेर उनी ट्रामबाट घर फर्किरहेकी थिइन् । प्रहरी अधिकारी एन्ड्रु स्टाम्परले भनेका छन् , ‘ उनकी दिदीले फाने खसेको र ेकहि मानिसले बोलिरहेको सुनेकी थिइन् ।’

प्रहरीले हत्याराको खोजि गरिरहेको छ । मेलवर्नको अखवार एजले तिनीमाथि यौन उत्पीडन समेत हुनेपर्ने आशंकामा प्रहरीले अनुसनधान अघि बढाएको जनाएका ेछ ।

आइयाकोबारे चिनितत उनकी दिदीले विहिवार बिहान एउटा सपिंग सेन्टर बाहिर उनको शव फेला परेकै समयतिर प्रहरीलाई उनकोबारे उजुरी गरेकी थिइन् । शवको सनाखतका लागि आइयाका पिता अष्ट्रेलिया पुगिसकेका छन् । इजरायली दुतावासले शव स्वदेश फर्काउन आवशइक मद्धत गरिने जनाएको छ ।

‘ १९८६ ’ अँकित एउटा कालो टोपी र खरानी रंगको टिसर्ट घटनास्थलमा फेला परेको बुझिएको छ । ति वस्तुहरुको फोरेन्सिक परिक्षण र थप सुराकका लागि सिसिटिभीको फुटेजहरुको अध्ययन भइरहेको प्रहरी सुत्रले जनाएको छ ।

आइयाका काका आवेद काटानेले उनी चीनको साँघाइ स्थित एउटा युनिभर्सिर्टीको चिनियाँ तथा अंग्रजी भाषका बिद्यार्थी रहको इजरायली संचार माध्यमलाई जानकारी दिएका छन् । उनी शैक्षिक आदान प्रदान कार्यक्रम अन्तर्गत ला ट्रोव पुगेकी पनि उनले बताएका छन् ।

गत जुनमा अष्ट्रेलियामा २२ वर्षिया कमेडियन युरिडाइस डिक्सनको हत्या भएपछि महिला हिंसालाई लिएर मुलुकभरि आक्रोस फैलिएको थियो । मेलवर्नमा आफ्नो कार्यक्र सकाएर घर फर्किँदै गर्दा डिक्सनको वलात्कारपछि हत्या गरिएको थियो । सन् २०१२ मा पनि मेलवर्नमा जिल मिगर नामकी एक आइरिस महिलाको यसरी नै वलात्कारपछि हत्या भएके थियो ।

प्रतिक्रिया दिनुहोस्