सिटिजन्स बैंकको कार्ड प्रयोग गर्दा नगद फिर्ता



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलले क्यास ब्याक (नगदफिर्ता) योजना ल्याएको छ । यो योजनाअन्तर्गत बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेसिन वा अनलाइन कारोबारमा प्रत्येक कारोवार रकमको १० प्रतिशत फिर्ता प्राप्त गर्न सकिनेछ।

यस्तो नगद फिर्ताको सीमाप्रति दिन ५ सय र प्रतिमहिना ३ हजार रुपियाँसम्म रहनेछ । यो योजना सीमित अवधिको लागि लागँ गरिएको बैंकले जनाएको छ ।

बैंकले ८१ वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ इकाईहरुबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्