३३ किलो सुन काण्डः उच्च अदालतले गर्याे एकै पटक पाँच न्यायाधीशलाई कारवाही



नेपाल समाचारपत्र, काठमाडौं ।
उच्च अदालतले एकै पटक पाँच न्यायाधीशलाई कारवाही गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धिकरण अभियानलाई तीब्रता दिदै गलत नियतले न्याय सम्पादन गरेको भन्दै कारवाही गरेका हुन् ।

कारवाहीमा पर्ने न्यायाधीशहरुमा नागेन्द्र लाभ कर्ण,सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल रहेका छन् ।

सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशहरु न्यायपरिषद् सचिवालयमा तानिएका हुन् ।

पाँच न्यायाधीशलाई कागजमा झिकाउन सर्वाेच्च अदालतबाट पत्र तयार भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्