चोभारमा ड्राइपोट निर्माणमा बिवाद, पत्रकार काफ्ले सहित २३ पक्राउ



सुरेश तामाङ
काठमाडौ । चोभारमा निर्माण हुन लागेको अन्तराष्ट्रिय स्तरको ड्राइपोट निर्माणमा अवरोध गरेको भन्दै प्रहरीले स्थानीय २३ जनालाई नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केही बेरमा शिलान्याश गर्ने कार्यक्रम तय भएपछि स्थानीयको एक समुहले शिलान्यामा अवरोध पु¥याउन खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ ।

चोभार संरक्षण समितिका संयोजक पञ्चलाल मर्हजन, पत्रकार कपिल काफ्ले लगायतको टोलीलाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी बृत्त कीर्तिपुर लगेर हिरासतमा राखेको छ ।

स्थानीयको एक समुहले सो स्थानमा ड्राइर्पोट निर्माण नगरी पर्यटकीय क्षेत्र निर्माण गर्नुपर्ने माग गर्दै आएका छन । स्थानीयले सरकारले मुआब्जा पनि नदिएको भन्दै उचित क्षतिपूर्ति दिनुपर्ने माग समेत गरेको छ । ड्राईर्पोट शिलान्याशकालागि प्रधानमन्त्री केपी ओली त्यहां पुग्ने भएपछि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिले त्यहांको स्थिती तनावपूर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्