एनटिभी कि अनेक टिभी ?



नेपाली टेलिभिजन च्यानल वीच आधुनिक प्रविधि भित्र्¥याउने होडबाजी चल्या छ तर हाम्रो एनटिभी यस्तो मामलामा कछुवा दौडमा समेत सामेल छैन । अरु टिभीले खुसुखुसु एचडी प्रविधी भित्र्¥याईरहँदा एनटिभी भने त्यस्तो प्रविधीमा लम्बिन अईअई भइरहेको छ । निकै प्रचार गर्दै बजेट छुट्¥याइएको पनि छ तर खै किन हो प्रविधि भित्रिदैन ।

एचडी प्रविधिको गृहकार्य गर्ने बहानामा विगत एक महिनायता एनटिभी नेतृत्वले साँझ विहान राम्रै दानापानी खर्च गर्न थालेको धरहराले बुझ्या छ । सो टेलिभिजनको आम्दानी खै कस्तो भाँडोमा राखिन्छ कुन्नी चुहिएको चुहिएकै गरेको सुनिन्छ । एनभिटीमा वर्तमान नेतृत्व आएपछि चानचुन चार करोड आम्दानी घटेको सो टेलिभिजनकै लेखा शाखाको तथ्यांक बोल्छ ।

‘टेलिभिजन त अहिले एनटिभी हैन ‘एमटिभी’ र ‘गोभिटी’ पो भइसक्यो त’– त्यहाँका कर्मचारी यस्तै भन्न थाल्या छन् । कसरी नाम परिवर्तन भयो धरहराले चासो लिँदा कर्मचारीले प्रष्ट्याए–‘हाम्रा हाकिम महेन्द्र र गोविन्दले आ–आफ्नै शैलीमा टेलिभिजनको राजकाज चलाएसी नाम चेन्ज हुन्न त ?’ एचडी प्रविधि, स्याटेलाइट, कर्मचारी बढुवा प्रकृया चलखेल अनि अध्यक्ष, महाप्रबन्धक साथै उनका दाहिनाको बाक्लो विदेश यात्रापछि कर्मचारीले उपल्लो तहलाई हेर्ने नजर बदलिएको बुझ्न धरहरालाई गाह्रो भएन ।

प्रतिक्रिया दिनुहोस्