केन्याली होटेल सुरक्षाकर्मिको नियन्त्रणमा



हमलामा चौंध मारिए
नैरोबी,( एजेन्सी)
केन्याका राष्ट्रपति उहुरु केन्यात्ताले बुधवार राजधानी नैरोबीमा आशंकित आतंककारीहरुको कब्जा समाप्त भएको तथा समपुर्ण आक्रमणकारी मारिएको जानकारी दिएका छन् । बन्दुकधारीहरुले मंगलवार नैरोबीको वेस्टल्यान्डस जिल्लाको पााच तारे होटेल डुसिट डि२ मा हमला गर्दा कम्तिमा १४ जना मानिसको ज्यान गएको प्रहरीले जनाएको छ ।

अधिकारीहरुले आक्रमण शुरु भएको केहि घन्टापछि नै स्थितीलाई पुर्णत नियनत्रणमा लिइसकेको औपचाकि घोषणा गरेतापनि बुधवार बिहान सम्म पनि गोली चलेको तथा विस्फोट सुनिएको स्थानिय वासिन्दाले बताएका थिए ।
सोमालिया स्थित लडाकु समुह अल–सवावले यस आक्रमणमा आफ्नो हात रहेको दावी गरेको छ । तर त्यहाँ कतिजना आतंककारी रहेको भन्ने यकिन भइसकेको छैन । प्रत्यक्षदशीहरुले भने सो होटेलमा चारजना शसस्त्र व्यक्ति छिरेको देखेको दावी गरेका थिए । सरकारी टेलिभिजन मार्फत राष्ट्रको नाममा समवोधन गर्दै केन्यात्ताले १४ जना मारिएको तथा सुरक्षाकर्मिले होटेलमा रहेका करिव सात सयजनालाई सकुशल उद्धार गरेको बताएका छन्।

तर केन्याली रेडक्रसले भने मृतकको संखया २४ रहेको उललेख गरेको छ । अमेरिकी विदेश विभागले यस घटनामा मारिने मध्ये एकजना अमेरिकी नागरिक पनि रहेको तथा एकजना वेलायती नागरिक पनि मारिएको हुनुपर्ने जनाएको छ ।

केन्याली प्रहरी प्रमुख जोसेफ बोइन्नेटले १ सय १ वटा कोठा भएको उक्त पाँचतारे होटेलको सुरक्षा क्यामेराका फुटेजमा कम्तिमा चारजना थुपै्र हतियार बोकेका पुरुषले भित्र बाहिर गर्दै गोली चलाई रहेको देखिएको बताएका छन् । केहि दिन यता तिनीहरुलाई होटेल परिसरमा देखिएको पनि बताइएको छ ।

शसस्त्र आतंककारी रहेको र विशेष फौजले तिनीहरुलाई नियनत्रणमा लिने कोशिश गरिरहेको बताएक छन् । सन् २०१३ को सेप्टेम्वरमा अल सवावकै लडाकुहरुले नैरोबीको वेस्टगेट सपिंग मलमा आक्रमण गर्दा ६७ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्