धार्मिक स्वतन्त्रता खतरामा



वासिंगटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्र्म्पले धार्मिक स्वतन्त्रताका आधाभुत मानवअधिकार खतरामा रहेको र यसमा ब्यवस्थापिका र राजनितिक हमला हुनुले हिँसाले प्रोत्साहन पाइरहेकोमा दुख ब्यक्त गरेकाछन् । विभिन्न धर्मका ब्यक्ती तथा उनीहरुको पुजा स्थलहरुमा हमला बढिरहेको उनले बताए ।

आफनो प्रशासनले धार्मिक स्वतन्त्रताको रक्षाका लागि कारवाही गरिरहेको ट्र्म्पले बताए । धार्मिक स्वतन्त्रता दिवसको अवसरमा उनेले उक्त कुरा उठाएका हुन् । गत बर्ष अक्टोबरमा पिट्सबर्ग, पेन्सलभेनियका यहुदी प्रार्थना स्थल सिनेगगमा देशको इतिहासमै भिषण आक्रमण भएको उनले स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्