त्रिवेणी मेलामा पर्यटकको ओईरो



अभिमन्यु लामिछाने, उदयपुर
माघ १ गतेबाट वर्षेनी १५ दिनसम्म लाग्ने त्रिवेणी मेला शुरु भएको छ।उदयपुरको कटारी नगरपालिका २ खोक्सा र सिन्धुलीको दुधौली नगरपालिका ९ घोडा गाछीमा त्रिवेणी मेला शुरु भएको हो।

कमला, तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने भएकाले मैनी मेलालाई त्रिवेणी मेलाको रुपमा परिचित छ।तीन नदीको संगम स्थलमा मकर स्नान गरी भाकल गरे अनुसारको पशुपंक्षी बलिदिई पुजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास रहदैं आएको छ।मंगलबार विहानेदेखिनै मरक त्रिवेणी धाममा मकल नुहाउनेको भीड लागेको छ।तीन नदीको संगमस्थल त्रिवेणीमा मकर नहुँदा विभिन्न जिल्लाबाट मकर नुहाउन आउने गरेको स्थानीय नवराज बास्तोला बताउनुभयो । ‘मकर स्नान गरी भाकल गरे अनुसारको पशुपंक्षी बली दिई पुजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास छ ।’ उहा“ले भन्नुभयो ‘प्रदेश १, प्रदेश २ र प्रदेश ३ का विभिन्न जिल्लाबाट मात्र नभई भारतको विभिन्न प्रदेश बाट समेत धार्मिक पर्यटकहरु आउने गरेका छन् ।’

१५ दिनसम्म लाग्ने त्रिवेणी मेलाको आकर्षण सोलखुम्वुको भोटे कुकुर, ओखलढु“गाको राढीपाखी मुख्य आर्कषण हुने गरेको कटारी २ का वडाध्यक्ष प्रेम बहादुर थापाले बताउनुभयो ।

यस वर्षको त्रिवेणी मेला आयोजना गर्न सहयोगार्थ स्वरुप व्यवस्थापन गर्न उदयपुर उद्योग बाणिज्य संघ कटारीलाई जिम्मा दिइएको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।यस वर्षको त्रिवेणी मेला आयोजना गर्न उदयपुर उद्योग वाणिज्य संघ कटारीलाई दिइएको छ । व्यवस्थापनको जिम्मा पाएको उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुस्कर खड्काले त्रिवेणी मेला आयोजना गर्दा भएको आम्दानीले अतिथि सदन निर्माणमा खर्च गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्