बुद्ध एयरले कोलकाता उडान भर्ने



नेपाल समाचारपत्र, काठमाडौं
निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी वैशाख २ गतेबाट भारतको कोलकाता उडान भर्ने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले ‘एटीआर ७२–५००’ सिरिजका विमानबाट हप्ताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) कोलकाताका लागि नियमित उडान भर्ने योजना रहेको बताउनुभयो ।

नेपालको पर्यटन प्रवद्धन गर्नेको लागि काठमाडौं–कोलकाताको उडान भर्ने लागिएको निर्देशक बस्नेतको भनाई छ । ‘एयरले नेपालबाट कोलकता जाने यात्रुको व्यावसायी प्रयोजनलाई लाभ पुग्ने गरि विहान ७ बजेनै काठमाडौं–कोलकत्ता उडान गर्ने तयारी थालेको प्रवन्धक बस्नेतले बताउनुभयो ।’ उडान दुरी १ घन्टा ४० मिनेटको रहेको छ ।

प्रबन्धक बस्नेतका अनुसार सन् २०१७ मा २ करोड ४० लाख भारतीयले विभिन्न देश भ्रमण गरेका थिए । तीमध्ये १ लाख ६० हजार नेपाल आइपुगेका थिए । सन् २०२५ मा ४ करोड २० लाख भारतीय पर्यटक विदेश घुम्न जाने अनुमान भारत सरकारको छ । भारती नागरिकको बढी रहेको घुम्ने प्रचलनलाई नेपालको पर्यटन विकासमा टेवा पु¥याउनको लागि र सहजीकरण गर्नको लागि उडान सुरु गर्न लागिएको बताइएको छ ।

‘अन्तर्राष्ट्रिय उडान भर्नु भनेको ठीक रणनीति नभएको खण्डमा अति जोखिमपूण हुन आउछ ।यसको उदाहरण देश विदेशमा धेरै छन् । ’कम्पनीले जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तीमा भनिएको छ ‘त्यसकारण हाम्रो रणनीति परीक्षण गर्न कोलकाताका लागि एटीआर ७२–५०० जहाज प्रयोग गर्ने छौं जसले खर्च र घाटा न्यूनीकरण गर्ने छ,सातामा ८ सय उडान–अवतरण गरिरहेका छौं र कोलकातामा सातामा ६ उडान रहनेछन् ।’ कोलकाता उडान सफल भयो भने २०७७ साल भदौबाट दक्षिण एसियाका विभिन्न महानगरमा जेट जहाजबाट उडान सञ्चालन गर्ने योजना रहेको कम्पनीको भनाई छ ।

बुद्धले आफ्नो ट्राभल कम्पनी बुद्ध होलिडेज मार्फत ‘प्याकेज’ बनाएर कोलकातामा बजार विस्तार गरिरहेको छ । भावी दिनमा कोलकत्ताको पर्यटन नेपाल भित्याउनको लागि बुद्ध होलिडेज पयाकेज प्रभावकारी हुने प्रमुख कार्यकारी अधिकृत आस्था बस्नेतले बताउनुभयो ।

बुद्ध सँग ७२ सिट क्षमताका ६ थान ‘एटीआर७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटीआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’का विमान रहेका छन् । कम्पनीले २०७८ साल भदौंबाट सञ्चालनमा आउने अन्तर्राष्ट्रिय उडान पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरिसकेको छ ।

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्