राजधानीमा सिलिन्डर पड्किँदा एकको मृत्यु, ४ गम्भीर



नेपाल समाचारपत्र, काठमाडौं ।
राजधानीको गोंगबुमा सिलिन्डर ग्याँस पड्किँदा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा नुवाकोटको बेलकोटका काजी तामाङ रहेका छन् भने घाइतेमा कैलाश श्रेष्ठ, राजु बिसी, रेशम तामाङ र अनिल पोखरेल रहेका छन् ।

गोंबगुको पिस ग्लास हाउसमा बुधबार बिहान ग्यास पड्किएको हो ।
ग्याँस पढ्किएपछि मृतक तामाङसहित ५ जना गम्भीर घाइते भएका थिए । गम्भीर भएका ५ जनालाई नै उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । त्यहाँ उपचारका क्रममा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त ग्याँस कसरी पड्कियो भन्ने बारे अझैँ खुल्न सकेको छैन ।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्