प्रिन्सको अर्को अन्तर्राष्ट्रिय उपाधी



काठमाडौं, (नेस)
काठमाडौंका प्रिन्स दाहालले दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्राम अन्तराष्ट्रि आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।
पुरुष एकल तर्फको फाइनल खेलमा प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१–१३, २१–१३ ले हराएका हुन् । यो प्रिन्सको दुई हप्ता भित्र दोश्रो अन्तराष्ट्रिय उपाधी हो । उनले हालै बिराटनगरमा भएको राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनमा पनि यु—१९ र यु—१५ दुवै तर्फ बिजय हात पारेका थिए ।

दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्रामको आयोजनामा भएको प्रतियोगिताको मिक्स युगल तर्फ सेनाका रत्नजित तामाङ्ग र अनुमाया राईको जोडी बिजयी भयो । रत्न र अनुको जोडीले फाईनलमा एपिएफका दिपेश धामी र पुजा श्रेष्ठको जोडीलाई २१–१९, २०–२२ र २१–१६ ले पराजित गर्दै उपाधी चुमे ।

प्रतिक्रिया दिनुहोस्