संकटा सेमिफाइनलमा



धनगढी, (नेस)
क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई १–० ले हराएर संकटा क्लब धनगढीमा जारी तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा मंगलबार भएको खेलको दोस्रो मिनेटमा नै लक्ष्मण रुचालको पासमा एलोन म्याक्सवेलले गोल गर्दै संकटालाई अग्रता दिलाए । अन्तसम्म कुनै गोल नभएपछि उक्त गोल नै संकटालाई अन्तिम चारमा पु¥याउन पर्याप्त भयो । यस्तै खेलको १२ औं मिनेटमा लक्ष्मणले वन भर्सेस वनको स्थितिमा गरेको प्रहार गोलरक्षक गुर्लाउन्सले बचाए । पहिलो हाफको इन्जुरी समयमा दाउफिन्सका कप्तानले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफको पाँचौं मिनेटमा दाउफिन्सले खेल बराबरी गर्ने मौका गुमायो । गोलरक्षक पोजिसनमा नहुँदा आर्मेलको क्रसमा जुनियरको हेडरले पोस्टको दिशा लिन सकेन । ५३ औं मिनेटमा टिनाको क्रसमा नियाले ६ यार्ड बक्सभित्रबाट गरेको हेडर क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो । खेलको दुई मिनेट समय बाँकी रहँदा जुनियरको पासमा टिनाको प्रहारले पोस्टको दिशा लिन सकेन ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका कप्तान रवि सिलवालले आरके कन्स्ट्रक्सन म्यान अफ दि म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे । संकटाले अब बिहिबार हुने सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । बुधबार हुने पहिलो सेमीफाइनलमा थ्री स्टार क्लब र मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्