वाईवाई ग्लोकल टिन हिरो इण्डिया लन्च



काठमाडौं, (नेस)
ग्लोकल प्रालिद्वारा ग्लोकल टिन हिरो इण्डियाको शुरूआत गरेको छ । किशोर किशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ( वाईवाई ग्लोकल टिन हिरो’, ग्लोकल प्रालिको एक प्रारम्भिक कार्यक्रम हो ।

यस मञ्चमार्फत किशोर–किशोरीहरुमा भएको उत्साह, रचनात्मक र शुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर–किशोरीलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्नेछ ।
सो कार्यक्रममा भारतीय राजदँत मंजीव सिंह पुरी, सीजीका भ्वाइस प्रेसिडेन्ट जीपी शाह बाहेक पँर्वनिर्णायक मण्डलका सदस्यहरु, केआरसी फाउनडेसन (ग्लोकल टिन हिरोको लागी स्थानीय आयोजक) को प्रतिनिधिलगायतको उपस्थिति थियो ।

ग्लोकल टिन हिरो इण्डियाको आवेदन जनवरी १५, मा खुल्ने छ र २ अप्रिलमा बन्द हुनेछ । यसको मुख्य कार्यक्रम अप्रिल २० मा भारतको गुहाटीमा हुनेछ ।

दक्षिण एशियाली किशोर किशोरीको पहिचान गर्ने पहिलो कार्यक्रम, दक्षिण एशियाली ग्लोकल टिन हिरो २०२० काठमाडौंमा आयोजना गर्ने उद्देश्यले ग्लोकल प्रालि प्रत्येक दक्षिण एशियाली राष्ट्रहरुमा ग्लोकल टिन हिरो आयोजना गर्दै अघि बढिरहेको छ।

आजको यसकार्यक्रमग्लोकलप्रा. लि र भारतीय राजदुतावासको संयुक्तआयोजनामा सम्पन्नभयो । ग्लोकल टिन हिरो नेपालबाट भारत प्रस्थानगरिरहेको हुनले यसमंचबाट भारतीय राजदुतावासले भारतमा स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्