चौका दाउलाई साथ



 

मुलुकका सात दर्जन सिनेमा हलबाट शुक्रबारदेखि एकसाथ रिलिज भएको फिल्म चौका दाउले दर्शकको साथ पाएको छ। सबैजसो हलमा फिल्म हाउसफुल भएको यसका निर्माता मनोज राजभण्डारीले बताए।

शुक्रबार बिहानको शो खुकुलो देखिए पनि फिल्मले दिउँसोबाट पिकअप लिएको छ। यसले आइतबारसमेत राम्रो व्यापार गरेको र मंगलबार माघे सक्रान्तीको बिदा परेकाले अभैm पिकअप लिने आशा उनको छ। फिल्ममा चार चौकाका रूपमा सन्तोष पन्त, तैयव शाह, रवीन्द्र झा र विल्सन विक्रम राई रहेका छन् भने पाँचौं चौकाका रूपमा अजश्र ढुंगानालाई देखिन्छ।

वर्षा राउत मिस्सीका रूपमा प्रस्तुत भएकी छिन्। पुर्णेन्दु झा निर्देशित फिल्मका अन्य कलाकारमा निर्मल शर्मा, श्याम राई, रमेश अधिकारी, शिवशंकर रिजाललगायत छन्।

 

प्रतिक्रिया दिनुहोस्