रोमालाई क्रिटिक च्वाइस अवार्ड



हलिउडको २४औं क्रिटिक च्वाइस अवार्ड आइतबार शुरू भएर सोमबार सम्पन्न भएको छ।
अमेरिकाको क्यालिफोर्नियामा आयोजित अवार्ड समारोहमा यस वर्ष उत्कृष्ट फिल्मको अवार्ड रोमाले जित्दा यही फिल्मबाट निर्देशकको अवार्ड अल्फासो क्वारोनले चुमेका छन्। अभिनेताको अवार्ड क्रिस्चियन बेलले चुमे भने अभिनेतृको अवार्ड २ अभिनेतृले चुमे। जसमा द वाइफ फिल्मबाट ग्लेन क्लोज र अ स्टार इज बर्नबाट नायिका तथा गायिका लेडी गागाले चुमेका छन्।

गागाले अ स्टार इज बर्नमा समावेश स्यालो बोलको गीतबाट उत्कृष्ट गायिकाको अवार्ड पनि चुमिन्। उनले केही दिनअघि हलिउडमा सम्पन्न ७६औं गोल्डेन ग्लोब अवार्डमा पनि यही गीतबाट उत्कृष्ट गायिकाको अवार्ड चुमेकी थिइन्।


समारोहमा उत्कृष्ट हास्य अभिनेतृको अवार्ड ओलिविया कोलम्यानले चुम्दा सहअभिनेताको अवार्ड फिल्म ग्रीन बुकबाट मेहरशाला अलि, सहअभिनेतृको अवार्ड इफ विल स्ट्रिट कुड टकबाट रेजिना किङले, युवा अभिनेता÷अभिनेतृको अवार्ड एट्थ ग्रेडबाट एल्सी फिसर, पटकथाको अवार्ड फस्ट रिफर्मबाट पल श्रेडर, रूपान्तरित पटकथाको अवार्ड इफ विल स्ट्रिट कुड टकबाट बेरी जेनकिंस र भिजुअल इफेक्टको अवार्ड ब्ल्याक प्यान्थरले चुमेको छ।

प्रतिक्रिया दिनुहोस्