सिटिजन्स बैंकले लाभांश दिने



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलको १२आंै वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले आव २०७४÷७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा छलफल गरी उक्त प्रतिवेदनमा पारित गरेको छ । बैंक र सहायक कम्पनी सीबीआईएल क्यापिटलसमेतको लेखापरीक्षकको प्रतिवेदनसहित २०७५ असार मसान्तको वासलात, आव २०७४÷७५ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरण पनि स्वीकृत भएको छ ।

बैंकले आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट शेयरधनीलाई ३ दशमलव ६ प्रतिशत बोनस शेयर तथा १ दशमलव ६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्