यस्ता व्यक्तिलाई चिसो महाशत्रु



चिसो, धुवाँ र धुलोका कारण हुने एलर्जीको समस्या जाडोमा धेरै हुन्छ । भाइरल र ब्याक्टेरियल इन्फेक्सनका कारण मानिसको शरीरमा निमोनियाको समस्या बढी हुन्छ ।

स्वासप्रश्वासका दीर्घरोगीका लागि जाडो महाशात्रु हो । यस्ता दिर्घरोगीहरुले मधपान र धुम्रपान गर्दा झनै हानि पुग्छ । खासगरी दमको रोगीलाई एलर्जीकै कारण हुने क्रोनिक बंकेलआज्मा र आइएलडी रोगले बढी सताउँछ । विभिन्न कारणले फोक्सो ड्यामेज भएकालाई जाडो महाशत्रु हो ।

भाइरल इन्फेक्सनले रोगीलाई थप समस्यामा पार्छ । यसैगरी क्षरोग र निमोनियाका विरामीलाई पनि जाडो निकै नै हानीकारक मानिन्छ । फोक्सोकै रोग भएकाले जाडोमा यस्ता व्यक्तिहरु धेरै पिडित हुन्छन् । यस्तै कुपोषणपिडित व्यक्ति पनि जाडोमा खतरामा रहन्छन् । यस्ता व्यक्तिको रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले छिटो संकर्मित हुन्छन । रोगप्रतिरोधी क्षमता कम भएका साना वालवालिका पनि जाडोको खतरामा हुन्छन् ।

बच्ने उपायहरु

-जाडोमा पानी कम पिउने भएकाले शरीरमा पानीको मात्रा कम भैरहेको हुन्छ । पानीको कमीले गर्दा खकार र सिंगान पातलो हुने गर्छ । त्यसैले जाडोमा झोल्युक्त खाना तथा मनतातो पानी प्रशस्त पिउनुपर्छ

-जाडोमा न्यानो गरी बस्ने नाममा ग्रामिण क्षेत्रहरुमा दाउरा र गुइठा बालेर ताप्ने गरिन्छ । तर, यसबाट निस्किएको धुवाले फोक्सोमा असर गरिरहेको हुन्छ । यस्ता कुराबाट सचेत हुनुपर्छ

-सहरी क्षेत्रमा कोठामा हिटर या मक्क्ल जलाएर तथा गाउँघरमा आगो बालेर गुम्म बनाई सुत्ने चलन छ । तर, यसरी सुत्दा अक्सिजनको अभाव भई दिमाग झुम्म हुने, सुर वेसुर बनाउने र ब्रेन ड्यामेज समेत हुने हुँदा सुतेकै अबस्थामा मानिसको मृत्यु हुनसक्छ । फोक्सोका रोगीहरु झन् बढी जोखिममा हुन्छन ।

-बाहिरी वातावरणको चिसो हावा सिधै फोक्सोमा पुग्दा पनि एलर्जीको समस्या निम्तिनसक्छ । त्यो हावामा धुवाँ धुलोको मात्रा मिसिने भएकाले झनै असरदार हुन्छ । यस्तो धुवाँधुलो मुख र नाकबाट छिर्नबाट रोक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्