सडकमा जताततै जोखिम



अस्तव्यस्थ काठमाडौंका सडक झन अव्यवस्थि छन् । साँघुरो सडकको कारण ट्राफिक जामको समस्या बढदै गएको छ । सडकको क्षमता बृद्धि हुन सकेको छैन । तर काठमाडौं उपत्यकामा सवारी साधनको चाप भने दिनहुँ थपिदै गएको छ । उपत्यकामा मात्र दैनिक सात लाख भन्दा बढी सवारी साधन गुडने गरेका छन् । सडकको अवस्था दिनप्रतिदिन जिर्ण बन्दै गएको छ । सडक विस्तार भएपनि उपत्यकाभित्रका ट्राफिक जामलाई समाधान गर्ने खालका छैनन् ।

सडक सबैले उपभोग गर्छन । सवारी साधन अत्याधिक वृद्धि भएपनि सरकारले उपत्यकाभित्र पार्किङको राम्रो व्यवस्थापन गर्न सकेको छ्रन् । कागज र नारामा स्मार्ट पार्किङ निर्माण गर्ने भएपनि व्यवहारिक रुपमा कार्यान्वयमा आउन सकेको छैन् । सर्वसाधारण यात्रुहरु सडकको फुटपाथमा निर्धक्क भएर हिडन पनि कठिनाइ छ । कतिपय सडकमा त फुडपाथ नै छैन् । जसको कारण दुर्घटनाको जोखिम पनि उतिकै छ । फुटपाथ नहुँदा सर्वसाधरण यात्रु पनि सवारी सञ्चालन हुने सडकबाटै हिडन बाँध्य भएका छन् ।

सडक विभागले सडकलाई सुरक्षित बनाउको लागि राख्नु पर्ने जेब्राक्रसिङ समेत राम्रोसँग राख्न सकेको छैन् । जेब्राक्रस नहुँदा सर्वसाधारण यात्रुले बाटो कहाँबाट पार गर्ने भन्ने अन्यौल छ । सडकमा जेब्राक्रसिङ अनिवार्य रुपमा राख्नु पर्ने भएपनि सडक विभागले ध्यान दिएको छैन् । समय समयमा सडक टाल्ने काम भएपनि धेरै टिक्ने गरेका छैन ।

व्यवस्थाकिय पक्षलाई मजबुद्ध बनाउने हो भएका सडकलाई व्यवस्थित बनाउन सकिन्छ । सडक विभागले चाहेको अवस्थामा जेब्राक्रसिङलाई व्यवस्थित बनाउने, आकाशे पुल निर्माण गर्ने, फुटपाथ नभएको स्थानमा फुटपाथ निर्माण गरेर सर्वसाधारणलाई सडकमा हिडडुल गर्न सहज बनाउन सक्छ । सडक विभागले नागरिकहरुको दैनिक जीवनसँग जोडिएको सडकलाई सुरक्षित र व्यवस्थित बनाउनको लागि ध्यान दिन आवश्यक छ ।

सडकमा भएको ट्राफिक लाइटहरु व्यवस्थित छैनन् । उपत्यकामा भएको थोरै मात्र ट्राफिक लाइट सञ्चालनमा छन् । भएको सबै ट्राफिक लाइटहरुलाई सञ्चालन गर्ने हो भने ट्राफिम जाम घटाउन सकिन्छ भने सर्वसाधारण यात्रुहरुलाई पनि सडकमा आवतजावत गर्न सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्