नाबालक छोरासहित आमा मृत फेला



धनवीर दाहाल, रुकुम ।
रुकुम पुर्वका सिस्ने गाउँपालिका–६, की ३० वर्षीया रेनुका बिसी शाह र उनका २० महिने छोरा यटियम जंगलमा मृत फेला परेका छन् । पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट हिडेकी रेनुकाको शव शनिबार बेलुकी जंगलमा भेटिएको हो ।

घरदेखि झण्डै ३ किलोमिटर टाढाको उदिनढुङ्गा भन्ने जंगलमा छोरा झुण्डिएको अवस्थामा र आमा भूइँमा लडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।

आमाको घाँटीमा डोरी रहेको र त्यो रुखबाट चुँडिएको हुन सक्ने डिएसपी तिम्सिनाले बताउनुभयो । प्रारम्भिक अनुसन्धानबाट छोराको हत्यापछि आमाले पनि आत्महत्या गरेको जस्तो देखिएपनि विस्तृत कुरा भने पोष्टमार्टम र थप अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी प्रमुख तिम्सिनाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्