अनुसन्धान शुरु



टोक्यो,(एजेन्सी)
ओलम्पिक गेम्स टोक्योमा आयोजना गराउनका लागि भ्रष्टाचार गरेको अभियोगमा जापानको ओलम्पिक समितिका अध्यक्षमाथि फ्रान्समा औपचारिक रपमा अनुसनधान भइरहेको शुक्रवार फ्रेन्च न्यायिक सुत्रले जनाएको छ ।

सरकारी वकिलहरुले जापानको ओलम्पिकका लागि अनुरोध गर्ने समितीले अवैध रपमा २३ लाख अमेरिकी डलर भुक्तान गरिएको सम्बन्धमा अनुसन्धान गरिरहेको बताएका छन् ।

तर अध्यक्ष त्सुनेकाजु ताकेदा आफुलाई अभियोग नलगाइएको र आफुले सहयोग मात्र गरिरहेको तथा मुद्धामा कुनै नौला कुरा नरहेको बताएका छन् । सन् २०१३ मा टोक्योले म्याड्रिड र इस्तानवुललाई पछाडि पार्दै ओलम्पिक आयोजन गर्ने अवसर पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्