भिषण हिमपात र हुरीको कारण युरोप अस्तव्यस्त



स्टकहोम,(एजेन्सी)
भिषण हिमपातको कारण शुक्रवार जर्मनी र स्विडेनका केहि भाग ठप्प हुनपुगेका छन् । हिउँ जमेका कारण सडकहरु र टे«ेनहरु अवरुद्ध हुनाका साथै बिद्यालयहर बन्द गरिएको युरोपेली संचार माध्यमले जनाएको छ ।

रेडक्रसले दक्षिणी जर्मनी राज्य बाभारियाका मोटरबाटामा फसेका सवारी चालकहरुलाई आवश्यक सहयोग उपलब्ध गराएका छन् । विहिवार त्यहाँ ढलेको रुखले किचिएर एकजना एघार वर्षिय बालकको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।

यसैबिच हिमपात संगसंगै चलेको भिषण आँधीको कारण उत्तरी स्विडेनको जनजीवन अस्तव्यस्त हुन पुगेको छ । झण्डै एक मिटर अग्लो हिंउ छिचोल्दै अष्ट्रियाका उद्धारकर्मिहरु सहयोगका लागि उक्त सिमा क्षेत्रमा आइपुगेका छन् ।

अझै थुप्रै बटुवाहरु सवारि साधनभित्रै बिच सडकमा अलपत्र परेको बताइएको छ । यसैगरी अष्ट्रियाको केहि भागमा अघिल्ला दिनहरुदेखि परिरहेको हिउँको उचाई तीन मिटर सम्म अगिलएको स्थानिय निकायले जनाएको छ ।

त्यहाँ केहि दिन अघि सातजनाको ज्यान गएको छ भने दुईजना पर्वतारोही अझैसम्म हराइरहेका छन् । अष्ट्रियाको भुगर्भ विभागका अधिकार िअलेक्जान्डर राडल्हरले प्रत्येक ३० देखि १ सय वर्षको एक पटक मात्र यसरी भयानक हिमपात हुने गरेको बताएका छन्।

त्यहाका केहि भागमा अहिले पनि करिव १ सय ११ माइल प्रति घन्टाको वेगले हुरी चलिरहेको छ । यसैगरी म्युनिख नजिक पनि ढेलेको रुखले किचिँदा एकजना नौ वर्षिय बालकको ज्यान गएको छ । यस्तैगरी स्विजरल्यान्डको एउटा होटेल रेस्टुरेन्टमा हिउँको ढिस्को खस्दा तीनजना मानिस घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्