प्रिन्स, जेसिका र रसिलालाई उपाधि



सरोज यादव, विराटनगर
विराटनगरमा सम्पन्न प्रेसिडेन्ट कप जूनियर अन्र्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा १५ र १९ वर्षमूनिको उमेर समूहमा प्रिन्स दाहालले उपाधि हात पारेका छन् ।

त्यसैगरि, महिलातर्फ १५ वर्षमूनि रशिला महर्जन र १९ वर्षमूनि जेसिका गुरुङले उपाधि हात पारे । विराटनगरको सहिद रङशालास्थित कभर्डहलमा शुक्रबार सम्पन्न प्रतियोगितामा प्रिन्सले १९ वर्षमूनिको समूहमा समकक्षी प्रफुल्ल महर्जनलाई २१–८, २१–१० को सीधा सेटमा पराजित गरेका थिए । प्रिन्सले ट्रफीसहित २२ हजार ४ सय रुपैया“ प्राप्त गरे ।


महिलातर्फको १९ वर्षमूनि जेसिकाले रशिला महर्जनलाई २४–२२, २१–१४ ले हराएर ट्रफीसहित २२ हजार ४ सय रुपैया“ नगद हात पारिन् । प्रतियोगिता अन्र्तगत सोही उमेर समूहको डबल्समा प्रफुल र रुकेश महर्जनको जोडीले म्यानमारका ज लिन ह्युटु र थु रिइनलाई २–१ को सेटमा पराजित ग¥यो । महिलातर्फ जेसिका र रशिलाको जोडीले नेपालकै सीमा राजवंशी र नीता लम्सासको जोडीलाई २१–१२ र २१–३ ले हराएको थियो ।

यस्तै पुरुष १५ वर्षमूनिको खेलमा प्रिन्सले म्यानमारका ज लिनलाई २१–१५, १७–२१ र २१–९ ले स्तब्ध बनाए । सोही उमेर समूह अन्र्तगत महिलातर्फ रशिलाले स्मृति राईलाई २१–७, २१–३ ले हराउदै उपाधि हात पारिन् । प्रतियोगितामा नेपालसहित भारत र म्यानमारबाट गरि कुल ७६ खेलाडीको सहभागिता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्