डा. केसीको सत्याग्रहविरुद्ध आमरण अनशन



गणेश घिमिरे, इलाम
प्राध्यापक डाक्टर गोविन्द केसीले १६औं सत्याग्रह इलामबाट सुरु गरेको तीन दिनपछि केसीको सत्याग्रहबिरुद्ध अर्का एक ब्यक्तिले इलामबाटै आमरण अनसन सुरु गरेका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा बिधेयक संझौता विपरित पारित गरेपछि डा. केसी २५ गतेबाट इलाममा १६औं सत्याग्रह बसेका छन् ।

समितिले पारित गरेको चिकित्सा शिक्षा विधयेक संसद्बाट पारीत गर्दै कार्यन्वयन गर्नुपर्ने माग राखेर आफूलाई सामाजिक अभियन्ता बताउने खोटाङका विजय थापाले शुक्रबारबाट आफ्नो दोस्रो अनशन शुरु गरेका हुन् । यसअघि गत बैशाखमा सरकारले गाँसबास कपास सहित निशुल्क स्वास्थ्य ¬शिक्षा उपलब्ध गराउनुपर्ने माग राखेर काठमाडौंमा ५३ दिन अनसन बसेका थिए ।

यसैक्रममा दोस्रो अनसनका उनले डाक्टर केसीले राखेको मागको ठिक बिपरीत माग राखेर इलाम चौक बजारको लाकुरी चौतारीमा बसेर अनसन थालेका हुन् । गत पुष २५ गतेमात्र शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको चिकित्सा शिक्षा विधयेक नेपालीहरूका लागि उत्तम रहेको जनाउँदै थापाले निःशुल्क स्वास्थ्य, शिक्षा, रोजगारका निम्ति संयुक्त संघर्ष समितिको नाममा आफू अनशन बसेको बताए । नौं बुँदे माग राखेर समितिले बिज्ञप्ति समेत जारी गरेको छ ।

यता डा. केसीको समर्थनमा इलामे समर्थकहरुले केसीको माग पूरा गर जस्ता ब्यानर लेखेको प्ले कार्ड सहित रयालि निकाल्न थालेका छन् । अनसनरत डा केसीको स्वास्थ्यमा समेत समस्या आउन थालेको छ । रक्तचाप कमि, पसिना आउने समस्या देखिएपछि इलाम अस्पतालका वास्थ्यकर्मीले उनको स्वास्थ्य परीक्षण गरेका छन् । केसीले अनसन बस्नुअघि आफनो स्वास्थ्य परीक्षण समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्