एकता प्रक्रिया छिट्टै टुंगोमा लाग्छः गृहमन्त्री बादल



कृष्णउदास खनाल
वीरगन्ज
नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा वादलले नेकपाको एकता प्रक्रिया छिट्टै टुंगोमा पुग्ने बताएका छन् ।

नेकपा पर्साको पार्टी कार्यालय वीरगन्जमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले माघको पहिलो सातासम्ममा एकता प्रक्रिया टुंगोमा पुग्ने बताएका हुन् ।
उनले भने ‘हामीलाई थाहा छ पर्सालगायत देशका केही जिल्लामा एकता प्रक्रियामा समस्या छ । एकता प्रक्रियाका बाँकी काम यही महिनामा पूरा गर्ने सोच पार्टीको छ, आशा छ यो महिना भित्र वा ढिला भएको खण्डमा माघको पहिलो सातासम्ममा एकताका बाँकी काम पूरा हुन्छ ।’

नेकपा नेतृत्वको संयुक्त सरकारले समाजवाद निर्माण गर्दै साम्यवादसम्म पुग्नका लागि ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा लिएको उनको तर्क छ ।रोजी रोटीका लागि विदेशमा रहेका लाखौं दाजुभाई दिदी बहिनीहरुलाई नेपाल फर्काएर देशलाई विकसित बनाउने चाहना आफूहरुको रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्