पाँच महिनामा ४ सय ६९ सवारी कारबाहीमा



किरन धामी, दार्चुला ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट दार्चुलाले चालु आर्थिक वर्ष २०७५/०७६ को ५ महिनाको अवधिमा नियम विपरीत संचालनमा रहेका ४ सय ६९ सवारी साधनलाई कारबाही गरेको जनाएको छ ।

चालु आर्थिक वर्षको साउन देखी मंसिर महिना सम्ममा ट्राफिक नियमको पालना नगर्ने सवारी साधनलाई कारबाही गरि ३ लाख १४ हजार ५ सय राजश्व समेत संकलन गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट दार्चुलाका ट्राफिक प्रहरी जवान हरदेव खत्रीले जानकारी दिए ।

चालु आवको साउन महिना देखी मंसिर मसान्त सम्म ट्राफिक नियमको उल्लङघन गर्ने ६४ मोटरसाइकल, १५ बस, ६३ ट्रक, २ सय ८९ जिप, ३३ ट्याक्टर, १ ट्याङकर, १ टिप्पर, २ मिनिबस, १ जेसिबि गरी ४ सय ६९ सवारीलाई कारबाही गरिएको उनले जानकारी दिए ।

सवारी कारबाहीबाट साउन ८३ हजार ५ सय, ५० हजार ५ सय, ३८ हजार ५ सय, कार्तिकमा ७१ हजार ५ सय, मंसिरमा ६० हजार ५ सय गरी जम्मा ३ लाख १४ हजार ५ सय राजश्व संकलन भएको उनको भनाई छ ।

ट्राफिक नियमको उल्लङघन गर्नेमा सबै भन्दा बढी जिप रहेको उनले जानकारी दिए । जिल्लाका स्थानिय रुटहरुमा संचालनमा रहेका जिपहरुले ट्राफिक नियम बढी उल्लङ्घन गरिएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्