मुक्तिनाथ विकास बैंकमा अनलाइन खाता खोल्न सकिने



काठमाडौं, (नेस)
मुक्तिनाथ विकास बैंकले अब घरबाटै खाता खोल्न मिल्ने गरी अनलाइन सेवा सुचारु गरेको छ। बैंकले सर्वसाधारणलाई सेवा दिने हेतुले घरमै बसेर अनलाइनबाट खाता खोल्न सकिने अनलाइन सुविधा ल्याएको हो। बैंकले सरल, सहज र सुरक्षित तरिकाबाट खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालन गरेको हो। देशभित्र तथा बाहिर रहेका नेपाली नागरिकले यस प्रविधिको माध्यमबाट बैंकमा खाता खोल्न सक्नेछन्।

उक्त सेवाबाट ग्राहकहरुले आफ्नो समयानुकुल बैंकको वेवसाइटबाट खाता खोल्न सक्नेछन्। हाल बैंकले १०२ वटा शाखा तथा २० वटा एटीएमबाट करिब छ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्