चौका दाउसँगै भिलेन



आज शुक्रवार २ फिल्म चौका दाउ र भिलेन अल नेपाल रीलीजमा आउने भएको छ।
संगीतकार शम्भुजित बास्कोटाको कथा, परिकल्पना र संगीत रहेको फिल्मलाई पुणेन्द्रु झाले निर्देशन गरेका छन् भने सौर्यजित बास्कोटा र मनोजराज भण्डारीले निर्माण गरेका छन्। फिल्ममा अभिमन्यु निरवीको पटकथा र सम्बाद रहेको छ। फिल्ममा ए मेरो हजुर २ मा सह अभिनेताको रूपमा देखिएका अजस्र ढुंगानाले नायकको रूपमा डेब्यु गरेका छन् भने नायिका वर्षा राउत रहेकी छिन्। त्यस्तै लामो समयपछि अभिनयमा फर्किएका हास्य कलाकार सन्तोष पन्त र कलाकार तैयव शाहको साथमा हास्य कलाकार विल्सन विक्रम राई, रविन्द्र झा, निर्मल शर्मालगायतको अभिनय रहेको छ। फिल्मका अन्य कलाकारहरुमा सुनिता श्रेष्ठ ठाकुर, मोनीका केसी, शिवशंकर रिजाल ‘जोगीन्दर‘, बाल कलाकार सागर सिग्देल लगायतको अभिनय देख्न सकिन्छ। चौका दाउको गीतहरु राधा पियारी र मेरो माया कतारमा हिट छन्। श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत, शम्भुजित बास्कोटा, कोमल राजभण्डारी र सुमन गुरुङको गायन, वसन्त श्रेष्ठ र भीमफेदी गाईजको कोरीयोग्राफी रहेको फिल्ममा दीर्घ गुरुङको छायांकन, मित्रदेव गुरुङको सम्पादन र रोशन श्रेष्ठको द्धन्द रहेको छ।

त्यस्तै देवेन्द्र पाण्डेको निर्देशन रहेको फिल्म भिलेन पनि आजै प्रदशनमा आउने भएको छ। फिल्ममा कथा मौनता श्रेष्ठको रहेको छ भने निखिल उप्रेती, शिल्पा पोखरेल, निशा अधिकारी र कपिल खत्रीलगायतको अभिनय रहेको छ। लाल कुमार बराल, वसन्त सापकोटा र बबुल गिरीको संगीत रहेको फिल्ममा दीपेन्द्र तिमल्सिना र दीपक श्रेष्ठको कोरीयोग्राफी रहेको छ।

प्रतिक्रिया दिनुहोस्