मन्त्रालय तोडफोड



पेरिस (एजेन्सी)
फ्रान्समा यस सप्ताहन्तमा भएको यलो वेस्ट प्रदर्सनकारीहरुले एक मन्त्रालयमा तोडफोड गरेका छन् । गृह मन्त्रालयले शनिबार सडकमा प्रदर्शनमा आर्लनेको संख्या ५० हजार भएको बताए । नोभेम्बरका मध्य देखि हरेक सप्ताहन्तमा भइरहेको प्रदर्शनका कारण सरकार कमजोर हुँदै गइरहेको देखिन्छ ।

केही प्रदर्शनकारीले मन्त्रालयको काठको विशाल ढोका फोडेका थिए । सरकारी प्रवक्ताले त्यसलाई उक्त गणतन्त्रमाथि भएको अस्विकार्य हमला भएको बताए । प्रदर्शनकारीहरु ढोका फोडेर भित्र प्रवेश गरेको र दुईवटा गाडी तोडफोड गरेको उनले जानकारी दिए । राष्ट्रपति इम्यानुयल म्याक्रोंले उक्त घटनाको निन्दा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्