महंगो हवाई भाडा तिरेरै शिक्षक अन्र्तवार्ता दिँदै



अर्जुन बोहरा, सिमकोट ।
अस्थायी शिक्षकले आन्तरिक परिक्षाको लिखितमा नाम निकालेका शिक्षकहरुले हुम्ला बाट महंगो हवाई भाडा तिरेरै भय पनि आज अन्र्तवार्त दिएका छन ।

कर्णाली प्रदेशको विरेन्द्रनगर सुर्खेतमा शिक्षक आयोगले संचालन गरेको लिखितमा नाम निकालेका अस्थाई शिक्षकहरुको अन्र्तवार्तामा महंगो हवाई भाडा तिरेर अन्र्तबार्ता दिईरहेको शिक्षक पुष्पा थापाले बताईन ।

शिक्षा आयोगले संचालन गरेको लिखित परिक्षा पटक पटक अन्तिम समयमा आएर स्थगित हुँदा हुम्लाबाट तीन पटकसम्म नेपालगंजमा आएर खर्च गर्नु परेको अन्र्तवार्ता सहभागि कल्पाना रोकायाले बताउनु भयो । पटक पटकको अन्र्तबार्ता सहित चौथो पटक जहाजै चढेर लिखित र मौखिक परिक्षामा सहभागिता जनाउनको लागि एक जना अस्थायी शिक्षकले दुई लाख भन्दा बढि रुपायँमा खर्च भएको बताईन ।
आज शनि बार बाट सुर्खेतको विरेन्द्रनगरमा रहेको शिक्षा आयोगले परिक्षा विहान बाट शुरु गरेको छ । तिन पटक सम्म शिक्षा आयोगले स्थतीगत गर्दै आएको परिक्षामा परिक्षा दिन जहाज बाटै आवत गर्नु परेको हिज्योती माविका विज्ञान बिषयका शिक्षक गणेशराज गिरीले बताए । उहाँका अनुसार आफुले तिन पटक गर्दा झण्डै २ लाखा ५० हजार खर्च भएको बताए ।

यस पटकको अन्तवार्तमा अन्तिम मौका भएको कारण मौखिक परिक्षामा सहभागीता जनाउनुु परेको शिक्षक गिरिले बताउनु भयो । सिमकोटबाट नेपालगंजसम्मको हवाई टिकट सात हजार तीन सय छ, भने त्यति नै सिमकोट जाँदा तीर्नु पर्छ । कम्तीमा एक हप्ता अगाडीबाट नै अस्थायी शिक्षकहरु नेपालगंज र सुर्खेता झरेको बताउनु भयो ।

होटलको बास निक्कै महँगो खर्च गरेर नाम निकालेरै जागिर खान पाउने छन् भने अन्र्तबार्तामा नाम ननिकाल्नेले खर्च मात्र हुने देखिन्छ । निमाबीका शिक्षकहरुले ११ देखि १४ गतेसम्म अन्र्तबार्ता भै सकेको छ । प्राथामिक तहको पुस २१ गते आज शनिबारमा हुँदैछ भने माबितहको माघ १० मा अन्र्तवार्त तोकिएको छ ।

शिक्षा आयोगले होम सेन्टरमा लिखित तथा मौखिक परिक्षा संचालन नगरेपछि सडक संजालले नजोडिएको जिल्लामा हालस महंगो भाडा तिरेरै भए पनि अन्र्तर्वाता दिएका छन ।

प्रतिक्रिया दिनुहोस्