विनयलाई नेपाली वाङ््मय साधना सम्मान



काठमाडौं। नेपाल वाङ्मय परिषद, धनगढी, कैलालीको आयोजनामा कुुलेश्वर आवास परिवार कल्याण संस्था, कुुलेश्वरमा स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरियो। नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुुष्करराज भट्टको सभापतित्वमा गतहप्ता आयोजित सो कार्यक्रमका प्रमुुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुुलपति गंगाप्रसाद उप्रेती हुनुहुन्थ्यो। भुुवन बोहरा निस्तेजले सञ्चालन गर्नुुभएको सो कार्यक्रममा वि.सं. २०७५ का लागि नेपाली वाङ्मय साधना सम्मान प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले वरिष्ठ साहित्यकार राम विनयलाई प्रदान गर्नुुभयो। यसअघि वि.सं. २०७२, ०७३ र ०७४ का लागि सो सम्मान क्रमशः मोहन दुुवाल, प्रा.डा. जीवेन्द्रदेव गिरी र हरिहर खनाललाई प्रदान गरिएको थियो।

नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुष्करराज भट्टका अनुसार सम्मान समारोहमा सम्मानित स्रष्टाको व्यक्तित्वको बारेमा समालोचक डा. भागवत आचार्यले चर्चा गर्नुुभएको थियो भने बलिदान चलचित्रका निर्माता श्याम सापकोटा, कुलेश्वर आवास परिवार कल्याण संस्थाका अध्यक्ष लोकनाथ पोखरेल एवम् नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यले स्रष्टा राम विनयलाई शुभकामना दिनुभएको थियो।

कार्यक्रममा वैरागी जेठा, सीताराम नेपाल, दुुर्गा रिमाल, धनबहादुर मगर, मथुरा, प्रा.डा. खेमनाथ दाहाल, अयामसन प्याकुरेल, पुण्यप्रसाद घिमिरे, नमुना शर्माले आफ्ना रचना वाचन एवम् गायन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्