विक्रमले ल्याए कहिले प्यार कहिले झगडा



गायक गायिका विक्रम राना र मेलिना राईको स्वरमा रहेको गीत कहिले प्यार कहिले झगडा सार्वजनिक गरिएको छ। गीतमा गोविन्द मधुर आचार्यको शब्द र संगीत रहेको छ।
गीतसागै यसको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। क्रान्ति केसीले निर्देशन गरेको गीतको भिडियोमा सोमिया राना र पल शाहको अभिनय रहेको छ। अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई क्रान्तिले नै सम्पादन गरेका छन्। ‘मेरा अन्य गीतले जस्तै यो नयाँ गीत कहिले प्यार कहिले झगडाले पनि दर्शक स्रोताको त्यत्तिकै साथ पाउनेमा आशावादी छुु’ –विक्रम भन्छन्। निकै मिहिनेतका साथ यो गीतको भिडियो ल्याएको र यसबाट आशावादी रहेको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्